logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

रूसको महायुद्ध योजना ! खुफिया रिपोर्टमा चकित बनाउने खुलासा

रूसको महायुद्ध योजना ! खुफिया रिपोर्टमा चकित बनाउने खुलासा


  • शुक्रबार, असोज १० २०८२
  • 754
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    रूसको आक्रामक रणनीतिले विश्वलाई खतरनाक मोडतर्फ धकेलेको छ । यसैबीच अमेरिकाले सार्वजनिक गरेको एक खुफिया प्रतिवेदनले सम्भावित महायुद्धको आशंका अझ गहिरो बनाइदिएको छ।

    अमेरिकी वैज्ञानिकहरूले तयार पारेको FAS (फेडेरेशन अफ अमेरिकन साइंटिस्ट्स) को “न्यूक्लियर नोटबुक” अनुसार रूसले जमीन, समुद्र र आकाश तीनै मोर्चाबाट परमाणु हमला गर्न सक्ने क्षमता तयार गरिसकेको देखिएको छ। प्रतिवेदनले बताउँछ, रूसले ठूलो स्तरको युद्धका लागि सम्पूर्ण तयारी गरिसकेको छ र उसको एटमी शक्ति विश्व सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ।

    ५ हजारभन्दा बढी वारहेड्स

    रिपोर्टका अनुसार सन् २०२५ सम्म रूससँग करिब ५,४५९ न्यूक्लियर वारहेड्स हुने अनुमान गरिएको छ। तीमध्ये १,७१८ सक्रिय तैनातीमा, २,५९१ रिजर्भमा र करिब १,१५० रिटायर्ड अवस्थामा रहेका बताइन्छ। विशेषज्ञहरूको भनाइमा गुप्त भण्डारण (स्टकपाइल) यसभन्दा धेरै हुनसक्छ।

    समुद्रमा भीषण शक्ति

    समुद्रतर्फ रूसले सबमरीन–लञ्च्ड ब्यालिस्टिक मिसाइल (SLBM) तैनात गरेको छ। ‘बुलावा’ र ‘सिनेवा’ नामका यी मिसाइलमा MIRV प्रविधि प्रयोग गरिएको छ, जसले एकैपटक धेरै टार्गेटमा वारहेड खसाल्न सक्छ। यिनमा ४०० देखि ६०० किलोटन क्षमताका वारहेड जडान गरिएका छन्। रूसी नेभीसँग मात्रै ९९२ न्यूक्लियर वारहेड्स तत्काल प्रयोगको अवस्थामा छन्।

    जमिन र आकाशमा पनि घेराबन्दी

    जमिनमा रूसले आफ्नो सबैभन्दा खतरनाक अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (ICBM) तैनात गरेको छ। तीमध्ये RS-20V (३४ लञ्चर), अवानगार्ड (१२), RS-12M (१८), RS-12M2 (६०), RS-24 यार्स (१८०) र RS-28 सरमत (३ लञ्चर) छन्। यी सबै मिसाइलमा जम्मा १,२५४ वारहेड्स राखिएका छन्।

    हावाबाट आक्रमणका लागि रूससँग ५२ Tu-95MS र १५ Tu-160 बम्बर छन्, जसमा एयर–लञ्च्ड क्रूज मिसाइल जडान गरिएको छ। यिनमार्फत रूससँग ५८६ वारहेड्स तत्काल प्रहार गर्ने क्षमता छ।

    सबै मोर्चामा सजगता

    रिपोर्टले निष्कर्ष निकालेको छ कि रूसले जमीन, समुन्द्र र आकाश—तीनै मोर्चाबाट एकैसाथ परमाणु आक्रमण गर्न सक्ने प्रणाली तयार गरिसकेको छ। यही कारण अमेरिकादेखि युरोपसम्म सुरक्षा र आक्रामक रणनीति तीव्र गतिमा तयार भइरहेको उल्लेख गरिएको छ।

    प्रकाशित : शुक्रबार, १० असोज २०८२ , १०:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend