लोकसारथि संवाददाता, काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश आर्यालले राजनीतिक पहुँच र प्रभावका कारण रोकिएका सबै भ्रष्टाचारसम्बन्धी फाइल अब पुनः खोलिने बताएका छन्।
शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) निरिक्षणपछि मन्त्री आर्यालले यस्तो बताएका हुन्। उनले भने, “राजनीतिक सम्बन्धका कारण जे–जे रोकियो वा पटरीमै हिँड्न सकेन, अब त्यो सह्य हुने छैन। चाँडै नै तपाईंहरूले ठूला प्रगति देख्नुहुनेछ।”
सुशासनबिनाको चुनाव असम्भव
मन्त्री आर्यालका अनुसार आगामी मार्चमा हुने प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु अन्तरिम सरकारको मुख्य जिम्मेवारी हो। उनले भने, “सुशासन बिना शान्ति र सुरक्षा सम्भव छैन, र शान्ति–सुरक्षा बिना चुनाव छ महिनाभित्रै सम्भव हुँदैन।”
उनले यस सरकारको मुख्य मण्डेट सुशासन भएको दोहोर्याउँदै भने, “अघिल्लो सरकारले सुशासन कायम गर्न नसकेको कारणले नै सरकार र संसद् विघटनसम्मको स्थिति आयो।”
अनुसन्धान रोक्न पाइँदैन
ब्युरो प्रमुख मनोज केसीले हाल ब्युरोले गरिरहेको गतिविधिबारे मन्त्रीलाई जानकारी गराएका थिए। यस क्रममा गृहमन्त्री आर्यालले बाह्य दबाबमा कुनै पनि अनुसन्धान रोक्न नहुने निर्देशन दिए।
केसीले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
भ्रष्टाचार छानबिनमा अवरोध हटाइने
मन्त्री आर्यालले अघिल्लो दिनहरूमा राजनीतिक पहुँचका कारण वित्तीय, आर्थिक अपराध र भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा अवरोध भएको स्मरण गर्दै भने, “अब त्यस्ता अवरोध हटाइनेछन्। अनुसन्धान पेशागत ढंगले अघि बढाउनुपर्छ। यदि अनावश्यक रूपमा रोकिएका फाइल छन् भने ती पुनः अगाडि बढाइनेछन्, नयाँ विषय आएका छन् भने पनि कुनै सम्झौता नगरी अनुसन्धान गरिनुपर्छ।”
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
