दक्षिण भारतीय सिनेमाका सुपरस्टार थलपति विजय अब केवल पर्दाका हिरो मात्र रहने छैनन्। उनले २०२४ मा आफ्नो राजनीतिक पार्टी तमिळगा वेत्रि कळगम (TVK) स्थापना गरेका छन् र अब २०२६ को तमिलनाडु विधानसभा चुनावमा प्रवेश गर्ने तयारीमा छन्। यसैबीच, उनका फ्यानहरूका लागि ठूलो खबर आएको छ– थलपति विजयको अन्तिम फिल्मको नाम ‘जन नायकन’ राखिएको छ।
करिब ३० वर्ष लामो चलचित्र यात्रा दौरान विजयले ६० भन्दा बढी फिल्ममा अभिनय गर्दै करोडौं दर्शकको मन जितेका छन्। ‘जन नायकन’लाई उनको फेयरवेल प्रोजेक्टको रूपमा प्रस्तुत गरिँदैछ। यो फिल्म केवल उनको सिनेमाई करियरको अन्त्य मात्र नभई राजनीतिक यात्राको शुरुवातको प्रतीकका रूपमा पनि हेरिएको छ।
‘जन नायकन’को कथा
रिपोर्टहरूका अनुसार यो फिल्म पोलिटिकल एक्शन–थ्रिलर हुनेछ, जसको निर्देशन एच. विनोदले गर्नेछन्। सामाजिक तथा राजनीतिक विषयमा आधारित फिल्म बनाउनमा ख्यातिप्राप्त विनोदले यसपटक पनि मनोरञ्जनसँगै सशक्त सन्देश दिने अपेक्षा गरिएको छ। अनुमान गरिँदैछ कि यो फिल्म नन्दमुरी बालकृष्णको ‘भगवंत केसरी’को रिमेक वा नयाँ कथा आधारित हुन सक्छ।
फ्यानहरूका लागि भावनात्मक पल
थलपति विजयका डाइलग, नृत्य र एक्शनले उनलाई मास हिरोको खिताब दिलाएको छ। ‘घिल्ली’, ‘मर्सल’, ‘बिगिल’, ‘लियो’ र ‘बीस्ट’जस्ता ब्लकबस्टर फिल्महरूले उनको लोकप्रियतालाई नयाँ उचाइमा पु¥याएका छन्। अब ‘जन नायकन’मार्फत फ्यानहरूले विजयको करियरको भावनात्मक फेयरवेल देख्न पाउनेछन्।
यो फिल्मसँगै उनको सिनेमाई यात्रा समाप्त भए पनि, विजयको राजनीतिक यात्रा सुरु हुनेछ। ‘जन नायकन’को सन्देश र थलपति विजयको चुनावी करिश्माले तमिलनाडुको राजनीतिमा नयाँ परिवर्तन ल्याउन सक्ने आकलन गरिँदैछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
