logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

हर्क साम्पाङको नयाँ पार्टी : ‘श्रम संस्कृति पार्टी’मा झण्डा नहुने, सदस्यलाई ‘श्रमदाता’ भनिने

हर्क साम्पाङको नयाँ पार्टी : ‘श्रम संस्कृति पार्टी’मा झण्डा नहुने, सदस्यलाई ‘श्रमदाता’ भनिने


  • सोमबार, असोज १३ २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ । धरानका मेयर हर्कराज साम्पाङले आफूले गठन गर्न लागेको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’मा झण्डा नहुने स्पष्ट पारेका छन् ।

    उनले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीको प्रारम्भिक अवधारणा सार्वजनिक गर्दै भने, “पार्टीमा चुनाव चिह्न मात्रै रहनेछ, झण्डा प्रयोग गरिँदैन।”

    साम्पाङका अनुसार पार्टीमा ‘कार्यकर्ता’ भन्ने शब्द प्रयोग हुने छैन । बरु, सबै सदस्यलाई ‘श्रमदाता’ भनिने छ । “कोही कसैको कार्यकर्ता बन्नु पर्ने छैन, सबैले देशका लागि श्रमदान गर्ने भएकाले ससम्मान ‘श्रमदाता’ भनिनेछ,” साम्पाङले भने ।

    साम्पाङले पार्टीमा व्यक्तिको स्वतन्त्र अभिव्यक्ति अधिकारलाई पूर्णरूपमा सुरक्षित गरिने प्रतिबद्धता पनि जनाएका छन् । “ह्वीप जारी गरेर कसैलाई दबाइने छैन, व्यक्तिको बोल्नपाउने अधिकारलाई सम्मान गरिनेछ,” उनले भने ।

    यसअघि उनले श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदनमा साम्पाङलाई नै पार्टीको संयोजक प्रस्ताव गरिएको छ ।

    हर्कराज साम्पाङ : छोटकरीमा प्रोफाइल

    • जन्म/पृष्ठभूमि : धरान निवासी हर्कराज साम्पाङ (हर्क साम्पाङ) लामो समय सामाजिक अभियानमा सक्रिय रहे ।

    • सामाजिक अभियान : धरानको खानेपानी र सरसफाइ समस्यासम्बन्धी निरन्तर अभियानका कारण उनी चर्चामा आए ।

    • राजनीतिक यात्रा :

    -२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित ।

    -मुख्य एजेन्डा खानेपानी, भ्रष्टाचारविरुद्धको अभियान, श्रम र जनसहभागिता ।

    • राजनीतिक शैली : जनसाधारणसँग प्रत्यक्ष संवाद गर्ने, सस्तो जीवनशैली अपनाउने र ‘मलाइ कार्यकर्ता चाहिँदैन, श्रमदाता चाहिन्छ’ भन्ने फरक शैलीका कारण लोकप्रिय ।

    • नयाँ पहल : ‘श्रम संस्कृति पार्टी’ गठनमार्फत अब औपचारिक राजनीति गर्ने तयारी ।

    प्रकाशित : सोमबार, १३ असोज २०८२ , ०७:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend