logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सेवानिवृत्त पदाधिकारीको सुविधा फिर्ता : पूर्वसभामुख घर्ती र महराले गाडी बुझाए

सेवानिवृत्त पदाधिकारीको सुविधा फिर्ता : पूर्वसभामुख घर्ती र महराले गाडी बुझाए


  • सोमबार, असोज १३ २०८२
  • 767
    SHARES

    १३ असोज, काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन्।

    पूर्व सभामुखलाई मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले गाडी सुविधा उपलब्ध गराउँदै आएको थियो । गाडीका साथै इन्धन, चालक र अन्य सुविधा समेत प्रदान हुँदै आएको थियो । तर, सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई दिइँदै आएका सबै सुविधा फिर्ता गर्ने निर्णय गरेपछि यो प्रक्रिया सुरु भएको हो ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार सुविधा कटौती

    असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गरेको थियो । सोही आधारमा अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै प्रचलित कानुनबाहेक दिइएका सबै सुविधा फिर्ता गर्न निर्देशन दिएको थियो ।

    त्यसपछि संघीय संसद् सचिवालयले सेवानिवृत्त पदाधिकारीसँग सम्पर्क गरेको र आइतबार पूर्वसभामुख घर्ती र महराले गाडी फिर्ता गरेको जनाएको छ ।

    अन्य पूर्वपदाधिकारीको प्रतिबद्धता

    • पूर्वसभामुख अग्निप्रसाद सापकोटातारानाथ रानाभाटले दशैं बिदा सकिएलगत्तै गाडी बुझाउने प्रतिबद्धता जनाएका छन् ।

    • राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने गाडी फिर्ता गरिसकेका छन् ।

    कानुन विपरीत प्रयोग भएकासमेत फिर्ता गराइने

    संसद् सचिवालयका अनुसार कानुन विपरीत गाडी प्रयोग गरिरहेका अरु पदाधिकारी अझै बाँकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका नेतृत्व सचिवालयमा रहेका सहसचिवस्तरका अधिकारीले समेत गाडी सुविधा लिइरहेको पाइएको छ । ती गाडी पनि फिर्ता गराउने विषयमा छलफल भइरहेको सचिवालय स्रोतले जनाएको छ ।

    प्रकाशित : सोमबार, १३ असोज २०८२ , १०:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend