१४ असोज, काठमाडौं । पछिल्लो १७ वर्षमा समावेशी कोटाबाट २५ हजार २१८ जना कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन्।
लोकसेवा आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा यो तथ्याङ्क समावेश गरिएको हो। आयोगका अनुसार वि.सं. २०६४ सालदेखि प्रचलित कानुनअनुसार तोकिएका समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति हुँदै आएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। यसमध्ये महिलातर्फ ३४१, आदिवासी/जनजातितर्फ २८२, मधेशीतर्फ २४८, दलिततर्फ १०४, अपाङ्गतर्फ ४९ र पिछडिएको क्षेत्रतर्फ ४२ जना सिफारिस भएका छन्।
समावेशी विज्ञापनतर्फका उम्मेदवारहरूमध्ये धेरैजना खुला प्रतिस्पर्धाबाट पनि सिफारिस भएका प्रतिवेदनमा उल्लेख छ।
यसरी आर्थिक वर्ष २०८०/८१ समेत गनिँदा विगत १७ वर्षमा सबै समावेशी समूहमार्फत २५ हजार २१८ जनाले निजामती सेवामा स्थायी नियुक्ति पाएको आयोगको निष्कर्ष छ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
