logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिबीच छलफल, सुशासन र संविधान संशोधनमा केन्द्रित बहस

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिबीच छलफल, सुशासन र संविधान संशोधनमा केन्द्रित बहस


  • शनिबार, असोज २५ २०८२
  • 715
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र जेनजी समूहका प्रतिनिधिबीच देशको समसामयिक राजनीतिक अवस्था, जेनजीका माग र आसन्न निर्वाचनबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

    छलफलमा जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल र मिराज ढुङ्गाना सहभागी थिए। उनीहरूले सुशासन, पारदर्शिता, युवा पुस्ताको प्रतिनिधित्व, र संविधान संशोधनका आवश्यक पक्षबारे आफ्ना धारणा प्रस्तुत गरेका छन्।

    प्रधानमन्त्री कार्कीले युवापुस्ताको आवाज सुन्नु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको बताउँदै जेनजी अभियानले उठाएका विषयहरू गम्भीररूपमा अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    यसअघि शुक्रबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताबीच आगामी निर्वाचन तयारीबारे राष्ट्रपति भवनमै छलफल भएको थियो। युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमा भएको आजको छलफल पहिलो औपचारिक संवादका रूपमा हेरिएको छ।

    प्रकाशित : शनिबार, २५ असोज २०८२ , १२:४२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend