logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपाल आज समोआसँग उपाधि भिडन्तमा, जिते आइसिसी टी–२० एसिया–ईएपी च्याम्पियन बन्ने

नेपाल आज समोआसँग उपाधि भिडन्तमा, जिते आइसिसी टी–२० एसिया–ईएपी च्याम्पियन बन्ने


  • शुक्रबार, असोज ३१ २०८२
  • 845
    SHARES

    काठमाडौं, असोज ३१। ओमानमा भइरहेको आइसिसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज उपाधिका लागि समोआ विरुद्ध खेल्दैछ ।

    नेपाल र समोआबीचको फाइनल भिडन्त आज बेलुकी नेपाली समय अनुसार ४:१५ बजे ओमानको अल अमारत क्रिकेट मैदानमा हुने कार्यक्रम रहेको छ। यो खेल नेपालले सो प्रतियोगिता अन्तर्गत खेल्ने अन्तिम खेल हो।

    नेपाल हाल अंक तालिकाको शिर्ष स्थानमा ८ अंकसहित अग्रस्थानमा रहेको छ। यदि नेपालले आज समोआलाई पराजित गर्न सफल भयो भने उसले आइसिसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रीय उपाधि आफ्नो नाममा गर्नेछ। समोआ भने यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ।

    नेपालले भारत र श्रीलङ्कामा सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने टी–२० विश्वकपका लागि पहिले नै योग्यता प्राप्त गरिसकेको छ।

    नेपालले समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर सिक्स चरणमा प्रवेश गरेको थियो र सो चरणका सबै खेलमा विजय हासिल गरेको छ।

    आज समोआविरुद्धको खेलका लागि नेपाली टोलीमा रहेका खेलाडीहरू यसप्रकार छन् —
    रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल Kami।

    यसैबीच, अंक तालिकामा संयुक्त अरब इमिरेट्स (यूएई) ६ अंकसहित दोस्रो स्थानमा र ओमान ६ अंकसहित तेस्रो स्थानमा छन्। यूएई र ओमानले पनि टी–२० विश्वकप २०२६ का लागि योग्यता प्राप्त गरिसकेका छन्। (रासस)

    प्रकाशित : शुक्रबार, ३१ असोज २०८२ , ०४:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend