logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजामा सरिक

प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजामा सरिक


  • सोमबार, कार्तिक १० २०८२
  • 858
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् ।

    सोमबार दिउसो कमलपोखरी पुगेकी प्रधानमन्त्री कार्कीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन् ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए ।

    छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । भोली बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै यस बर्षको छठ पर्व सकिन्छ ।

    प्रकाशित : सोमबार, १० कार्तिक २०८२ , ०६:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend