logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

रास्वपाद्वारा सुशासन र स्थायित्वका लागि ‘वृहत् राजनीतिक संवाद’ : नयाँ राजनीतिक सहकार्यका सम्भावनामाथि खुला छलफल

रास्वपाद्वारा सुशासन र स्थायित्वका लागि ‘वृहत् राजनीतिक संवाद’ : नयाँ राजनीतिक सहकार्यका सम्भावनामाथि खुला छलफल


  • शुक्रबार, कार्तिक १४ २०८२
  • 728
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, राजनीतिक स्थायित्व र सहकार्यलाई मुख्य एजेन्डा बनाउँदै ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको बालुवाटारस्थित एक होटलमा शुक्रबार बिहानदेखि सुरु भएको उक्त संवादमा विभिन्न राजनीतिक दलका नेतादेखि स्वतन्त्र विचारक र नयाँ पुस्ताका प्रतिनिधिसम्म सहभागी भएका छन्।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका विशिष्ट व्यक्ति उपस्थित छन्।

    रास्वपाले यो संवाद ‘जेन–जेड आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यले’ आयोजना गरिएको जनाएको छ। उपसभापति डा. वाग्लेले संवादको महत्व स्पष्ट पार्दै भने,

    “नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवा पुस्ताबीच सहकार्य नहुँदा देश पुनः पश्चगमनतर्फ धकेलिन सक्ने यथार्थबोधका आधारमा यो छलफल आयोजना गरिएको हो।”

    उनका अनुसार, नेपालको वर्तमान राजनीतिक परिस्थिति बदल्नका लागि खुला विचार–विनिमय, आपसी विश्वास र सहकार्यको संस्कार अत्यावश्यक छ। त्यसैले रास्वपाले यो संवादलाई राजनीतिक मात्र नभई सांस्कृतिक र वैचारिक पुनर्जागरणको अवसरका रूपमा पनि लिएको बताइएको छ।

    कार्यक्रममा सहभागी अतिथिहरूले समसामयिक राजनीतिक अवस्थामाथि धारणा राख्दै, नयाँ पुस्ताको अपेक्षा र राष्ट्रिय नीति निर्माणमा उनीहरूको सहभागिता कसरी बढाउन सकिन्छ भन्ने विषयमा समेत सुझाव प्रस्तुत गरिरहेका छन्।

    रास्वपाका नेताहरूले संवादपछि प्राप्त निष्कर्षका आधारमा अगामी राजनीतिक कदमहरू र सहकार्यको रूपरेखा तय गर्ने बताएका छन्।

    प्रकाशित : शुक्रबार, १४ कार्तिक २०८२ , ०२:१० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend