logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र


  • आइतबार, कार्तिक १६ २०८२
  • 624
    SHARES

    लोकसारथि संवाददाता, बुटवल । आजदेखि देशभरका सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन्। सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकेको हो।
    यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहने प्रावधान थियो।

    जाडोयाममा दिन छोटो हुने र चिसो बढ्ने भएकाले सरकारले कार्यसमय एक घण्टाले घटाउने निर्णय गरेको हो।
    माघ १५ पछि भने पुनः सात घण्टाको कार्यालय समय अर्थात् बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लागू हुनेछ।

    शुक्रबारका दिन भने पहिलेजस्तै दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने व्यवस्था यथावत् रहनेछ।
    सरकारले यस निर्णयले कर्मचारीहरूको कार्यसहजता बढ्ने र ऊर्जा खपत घट्ने अपेक्षा गरेको छ।

    प्रकाशित : आइतबार, १६ कार्तिक २०८२ , ०३:०५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend