logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गर्दै

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गर्दै


  • सोमबार, कार्तिक १७ २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ । अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

    चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक १५ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर १० करोड ५१ लाख ४८ हजार ८०३ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

    निर्माण पक्षले भने रिलिजको १५ दिनमा फिल्मले विश्वभर १५ करोड कमाई गरेको दाबी  गरेको छ । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका कैयौं हलमा अहिले पनि हाउसफुलका साथ चलिरहेको छ ।

    सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको ‘जेरी अन टप’ मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ ।

    त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ४८ लाख ३० हजार ४८८ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ९५ हजार ३०९ र फिल्म सोल्टिनीले २८ लाख ८० हजार १५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ ।

    बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट कार्तिक १५ गतेसम्म दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड १० लाख ३४ हजार ८०२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार ६८७ ग्रस कमाई गरेको छ । त्यस्तै फिल्म माइतीघरले ४ करोड १५ लाख ५१ हजार ८८८ कमाई गरेको छ ।

    प्रकाशित : सोमबार, १७ कार्तिक २०८२ , ०२:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend