लोकसारथि संवाददाता, बुटवल ।
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले कार्तिक २२ गते उपमहानगर अन्तर्गतका सबै १९ वटा वडा कमिटी र हाटबजार क्षेत्रमा एकैसाथ भेला आयोजना गर्ने तयारी गरेको छ।
उपमहानगर कमिटीका अध्यक्ष शोभाखर पोखरेलका अनुसार पार्टी केन्द्रीय कमिटीको सर्कुलर र उपमहानगर कमिटीको निर्णयअनुसार एकैपटक एकै समयमा सबै वडामा यस्तो कार्यक्रम गर्न लागिएको हो। उनले बताए अनुसार, भेला मार्फत पार्टीले पछिल्ला राजनीतिक घटनाक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै केन्द्रको निर्देशनअनुसार साङ्गठनिक सन्देश प्रवाह गर्नेछ।
पार्टी केन्द्रको सर्कुलरमा प्रतिनिधि सभा संविधान विपरीत विघटन गरी अहिलेको सरकार गठन गरिएको भन्दै त्यसको समाधान संसद पुनःस्थापनाबाट मात्रै सम्भव हुने स्पष्ट गरिएको छ। साथै, देशभर एमालेका कार्यालय तथा नेताहरुका घरमा आगजनी र तोडफोड गर्ने, सरकारी संरचनामा क्षति पुर्याउने व्यक्तिहरूमाथि कडा कारबाहीको माग पनि गरिएको छ।
त्यसक्रममा, वर्तमान राजनीतिक अस्थिरता, संविधानको अपमान, र राज्यसत्तामा भइरहेको ‘चलखेल’ का विरुद्ध पार्टीको धारणा देशभर भेला र जनप्रदर्शनमार्फत जनसमक्ष पुर्याउने कार्यक्रम तय गरिएको हो।
एमाले बुटवल उपमहानगर कमिटीले भेला सफल बनाउनका लागि सम्पूर्ण वडा कमिटी, टोल संगठन र जनसंगठनहरूलाई तयारी तीव्र बनाउन आह्वान गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
