logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दल दर्ता गर्ने होडबाजीमा ‘नागरिक बचाउ दल नेपाल’ के कम !

दल दर्ता गर्ने होडबाजीमा ‘नागरिक बचाउ दल नेपाल’ के कम !


  • आइतबार, कार्तिक ३० २०८२
  • 650
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    दुर्गां प्रसाईंले माधव कल्पितको अध्यक्षतामा नयाँ राजनीतिक दल ‘नागरिक बचाउ दल नेपाल’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक सुरक्षाको एजेन्डा उठाउँदै आएका प्रसाईंले आफू संरक्षक रहने व्यवस्था सहित आज आयोगमा दल दर्ता गराएको पुष्टि भएको छ।

    प्रसाईं विगत केही वर्षयता ‘नागरिक बचाऊ महाअभियान’ नाममार्फत राजतन्त्र पुनःस्थापनाको माग, हिन्दू राष्ट्रको पक्षधरता र राजनीतिक व्यवस्थाको परिवर्तनका मुद्दामा सक्रिय रहँदै आएका छन्।

    निर्वाचन आयोगले दर्ता गरेको नयाँ दललाई दर्ता नम्बर ६३० प्रदान गरिएको अध्यक्ष माधव कल्पितले जानकारी दिए। उनका अनुसार हाल पार्टीमा २९ जना केन्द्रीय सदस्य छन्।

    यस नयाँ राजनीतिक दलको चुनाव चिन्ह ‘दुई पाइला’ तोकिएको छ।

    दल दर्तासँगै प्रसाईं समूहले अब संरचना विस्तार, सदस्यता अभियान तथा नीति–कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।

    प्रकाशित : आइतबार, ३० कार्तिक २०८२ , ०३:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend