logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

“सुशीला कार्की–ओमप्रकाश अर्यालको गिरोहलाई सेनाले नियन्त्रणमा लिनैपर्छ”—जेन्जी मुभमेन्ट नेपाल

“सुशीला कार्की–ओमप्रकाश अर्यालको गिरोहलाई सेनाले नियन्त्रणमा लिनैपर्छ”—जेन्जी मुभमेन्ट नेपाल


  • मंगलबार, मंसिर २ २०८२
  • 910
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।

    जेन्जी मुभमेन्ट नेपालले दुर्गा प्रसाईंको गिरफ्तारीलाई “राजनीतिक दमन” र “विद्रोह अपहरण गर्न खोज्ने शक्ति–समूहको सुरक्षा” भन्दै कडा आलोचना गरेको छ। संगठनले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल नेतृत्वको समूहले भाद्र २४ का घटनालाई भड्काएर देशलाई अस्थिरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरिएको छ।

    मुभमेन्टका अनुसार उक्त समूहले जेन्जी विद्रोहलाई कब्जा गरी विद्यमान सत्ता व्यवस्थालाई जोगाउने योजनाअन्तर्गत षड्यन्त्रपूर्ण गतिविधि अघि बढाएको आरोप छ। “यी गतिविधि बाहिर ल्याउने व्यक्तिमाथि झुटा आरोप लगाएर नियन्त्रणमा लिनु दमनकारी मानसिकताको प्रमाण हो,” विज्ञप्तिमा उल्लेख छ।

    भाद्र २४ का घटनामा ‘गिरोहको भूमिका’ भएको आरोप

    विज्ञप्तिमा भनिएको छ, “भाद्र २४ का घटनामा हस्तक्षेप गर्दै कार्की–अर्याल समूहले युवालाई उद्वेलित बनाउने, राज्यविहीनता सिर्जना गर्ने र सत्ता कब्जाको वातावरण बनाउने काम गरेको छ।” संगठनले भनेको छ कि यी घटनाको तथ्य सार्बजनिक गर्न लाग्ने क्रममा दुर्गा प्रसाईँ लक्षित बनाइए।

    जेन्जी मुभमेन्टले यी सबै गतिविधि नियन्त्रण र अनुसन्धानको दायरा नेपाली सेनाले नै लिनुपर्ने जिकिर गरेको छ। “सत्ता कु गर्न उद्यत गिरोहलाई सेनाले नियन्त्रणमा लिनैपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

    दुर्गा प्रसाईँको तत्काल रिहाइको माग

    संगठनले दुर्गा प्रसाईंको तत्काल रिहाइ माग गर्दै सडक आन्दोलन तीव्र बन्न सक्ने चेतावनीसमेत दिएको छ। “आगामी दिनमा प्रतिरोधका कार्यक्रमहरू थप सबल रूपमा अघि बढ्नेछन्,” विज्ञप्तिमा भनिएको छ।

    जेन्जी मुभमेन्टले परिवर्तनका पक्षधर सबैसमक्ष “सजग र तयार रहन” आह्वान गरेको छ। वक्तव्यमा प्रवक्ता विजय शाहले हस्ताक्षर गरेका छन्।

    प्रकाशित : मंगलबार, २ मंसिर २०८२ , ०९:५० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend