logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमै राखिने

काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमै राखिने


  • मंगलबार, मंसिर २ २०८२
  • 572
    SHARES

    बुटवल । गएराति पक्राउ परेका मेडिकल व्यवसायी तथा राजसंस्था–हिन्दुराष्ट्र अभियन्ता दुर्गा प्रसाईँलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।

    प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत पक्राउ गरिएको छ। मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै म्याद थपका लागि प्रशासन कार्यालय लगिएका प्रसाईँले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको हो भन्ने जानकारीसमेत नदिइएको दाबी गरेका छन्।

    प्रहरीका अनुसार प्रसाईँले पछिल्ला दिनमा विभिन्न कार्यक्रममा भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भङ्ग गरेको आरोपमा पक्राउ गरिएको हो। उनले केही समयअघि नै राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।

    यसैबीच, प्रसाईँको गिरफ्तारीको विरोधमा उनका समर्थकले जिल्ला प्रशासन कार्यालय परिसरअगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले प्रसाईँमाथिको पक्राउ ‘राजनीतिक प्रतिशोध’ भएको दाबी गर्दै तत्काल रिहाइको माग राखेका छन्।

    प्रकाशित : मंगलबार, २ मंसिर २०८२ , ०२:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend