लोकसारथि संवाददाता, काठमाडौं ।
८ मंसिर, काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा हाम्रो पार्टी नेपाल ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १३२ पुगेको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ नयाँ दल दर्ता भएका छन्। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोक्नुभएको थियो। २७ भदौमा मिति तोकिएपछि दलहरूले निर्वाचन प्रयोजनका लागि दर्ता प्रक्रियामा सक्रियता बढाएका छन्।
आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि ५६ दलले दल दर्ता गराएका छन्। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अन्तिम मिति यही १० मंसिरसम्म तोकिएको छ। यस अवधिभित्र दर्ता हुने दलहरूलाई चुनावमा प्रतिस्पर्धा गर्न पाउने छन्।
पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) निर्वाचन प्रणालीअन्तर्गतका कार्यक्रमहरू पनि आयोगले सार्वजनिक गरिसकेको छ। सोही अनुसार—
-
६ माघ: उम्मेदवारको मनोनयन दर्ता र त्यही दिन बेलुका प्रारम्भिक सूची प्रकाशन
-
७ माघ: मनोनयन विरुद्ध उजुरी दिने म्याद
-
८ माघ: मनोनयन र उजुरीमाथि छानबिन तथा निर्णय
-
९ माघ: उम्मेदवारी फिर्ता लिन सकिने अन्तिम दिन तथा अन्तिम नामावली प्रकाशन
-
नामावली प्रकाशनपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचन नजिकिँदै गर्दा दल दर्ता, निर्वाचन कार्यक्रम र व्यवस्थापनमा निर्वाचन आयोग व्यस्त रहँदै आएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
