logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

खाँदै छौ अण्डा, माछा र मासु, एकदिन हुने छ आँखाभरि आँसु

खाँदै छौ अण्डा, माछा र मासु, एकदिन हुने छ आँखाभरि आँसु


  • मंगलबार, माघ ६ २०८२
  • 923
    SHARES

    धर्मलाई भुली स्वादकै लागि
    खाँदै छौ अण्डा, माछा र मासु
    तिम्रो नि हृदय पीडाले भरिन्छ
    एकदिन हुने छ आँखाभरि आँसु

    सक्दैनन् माग्न जनावरहरुले
    बचाऊ भनेर कसैसँग गुहार
    चेतनै हरायो मानिसले बनायो
    अबोध पशुपंछिलाई आहार
    काट्दा पीडा हुन्छ सबैलाई
    नबन न मानिस रक्तपिपासु
    तिम्रो नि हृदय पीडाले भरिन्छ
    एकदिन हुन्छ आँखाभरि आँसु

    बनिदेऊ मानव निर्बलको सहारा
    यिनीहरु हुन् पहिलै कर्मले हारेका
    रगत खानेलाई भनिन्छ राक्षस
    छैनन् मानिसले निर्दाेष मारेका
    चेतना भएकाले कहिलै भन्दैन
    पाप गरेर खुदलाई नर्कसँग गाँसूँ
    तिम्रो नि हृदय पीडाले भरिन्छ
    एकदिन हुन्छ आँखाभरि आँसु

    मास्छौ पशुपंछिको जीवनलीला
    खानलाई भन्दै गज्जबको स्वाद
    पापकर्मको फल हुन्छ पीडादायी
    निम्तिन्छ भोलि ठुलो फसाद
    कर्मले बन्छ भाग्य मानिसको
    मूर्खले मात्रै भन्छ अवसरै नासूँ
    तिम्रो नि हृदय पीडाले भरिन्छ
    एकदिन हुन्छ आँखाभरि आँसु

    भगवानको विधिविधानलाई
    नगर तिमीले बिथोल्ने काम
    हिसाब हुन्छ हर हालतमा
    लिनुदिनुपर्छ कर्मको दाम
    चाहना हुन्छ सबै प्राणीहरुको
    भगवानको धरामा खुसीले बाचूँ
    तिम्रो नि हृदय पीडाले भरिन्छ
    एकदिन हुन्छ आँखाभरि आँसु

    —राधाचाकर

    प्रकाशित : मंगलबार, ६ माघ २०८२ , ०८:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend