काठमाडौं । गायक तथा सर्जक सरगम राईको नयाँ गीत ‘मगमग बासना ’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको उक्त गीत आरजिटी फिल्मसको युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।
प्रेम, उत्साह र सकारात्मक भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘मगमग बासना ’ ले श्रोताको मन छुने अपेक्षा गरिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका छन्।
यसअघि सरगम राईका ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’ र ‘दुई मुटु’ जस्ता गीतहरू श्रोतामाझ लोकप्रिय रहँदै आएका छन्। नयाँ गीतमार्फत उनी पुनः दर्शकमाझ फरक सांगीतिक स्वाद लिएर उपस्थित भएका छन्।
गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन्। भिडियोको कथा तथा निर्देशन सोनम पाख्रिनले सम्हालेका छन्।
म्युजिक भिडियोमा कलाकार बुद्धि तामाङ, बेदना राई र राज दोङको अभिनय देख्न सकिन्छ। गीतसँगै भिडियोले पनि प्रेम र सकारात्मक भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
‘मगमग बासना ’ को म्युजिक भिडियो हाल आरजिटी फिल्मसको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
Video
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
