logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

कांग्रेस प्रवेशको भोलिपल्टै सर्लाहीका वडाध्यक्ष पुरानै पार्टी जसपामा फर्किए

कांग्रेस प्रवेशको भोलिपल्टै सर्लाहीका वडाध्यक्ष पुरानै पार्टी जसपामा फर्किए

जसपाबाट निर्वाचित वडाध्यक्षले आज सार्वजनिक रूपमा कांग्रेस परित्याग गरी जसपा नेपालमै फर्किएको घोषणा गरे


  • बिहिबार, माघ १५ २०८२
  • 676
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    हिजो मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष पुनः आफ्नै पुरानो दल जनता समाजवादी पार्टी (जसपा) नेपाल मा फर्किएका छन् ।

    जसपाबाट निर्वाचित वडाध्यक्षले आज सार्वजनिक रूपमा कांग्रेस परित्याग गरी जसपा नेपालमै फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा समेत जसपा नेपाललाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो सन्देशमार्फत उनले आफू सुरुदेखि नै जसपामा आबद्ध रहँदै आएको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका–५ का निर्वाचित वडाध्यक्षको रूपमा निरन्तर काम गरिरहेको बताएका छन् । पार्टीप्रति आफ्नो निष्ठा कहिल्यै नटुटेको उनको दाबी छ ।

    उनले पार्टी गठबन्धनको परिस्थितिका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका नेतासँग नजिकिएको र त्यस क्रममा कांग्रेस पक्षबाट सम्मान पाएको उल्लेख गरे । तर त्यो अवस्थालाई पार्टी परित्यागका रूपमा नबुझ्न पनि आग्रह गरेका छन् ।

    साथै, उनले आफ्नो दल छोडेर अन्य कुनै पार्टीलाई मत नदिने र जसपा नेपालप्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।

    उल्लेखनीय छ, हिजो सर्लाहीको गोडैतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसलाई सहयोग गर्ने घोषणासहित उनीसहित चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका थिए । तर एक दिन नबित्दै वडाध्यक्ष पुनः पुरानै दलमा फर्किनुले स्थानीय राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ । आजीवन भूलसुधारको राजनीतिले देशको अवस्था परिवर्तन गर्ला?

    प्रकाशित : बिहिबार, १५ माघ २०८२ , ०७:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend