logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सिरहामा ४५ वर्षीय पुरुषको गोली हानी हत्या

सिरहामा ४५ वर्षीय पुरुषको गोली हानी हत्या


  • शनिबार, माघ १७ २०८२
  • 728
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको ०८२ माघ १६ गते अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

    मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको र घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि अनुसन्धान भइरहेको एसपी पाठकले जानकारी दिनुभयो।

    घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ।

    प्रकाशित : शनिबार, १७ माघ २०८२ , ०२:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend