logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब १५ करोड रुपैयाँ स्रोत सहमति, ६ अर्ब ३६ करोड निकासा

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब १५ करोड रुपैयाँ स्रोत सहमति, ६ अर्ब ३६ करोड निकासा


  • शनिबार, माघ १७ २०८२
  • 585
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयका अनुसार यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।

    अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार निर्वाचन आयोगलाई कात्तिक १८ गते ४ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको थियो। त्यसपछि मंसिर २० गते थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ। हालसम्म निर्वाचन आयोगलाई मात्रै ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको मन्त्रालयले जनाएको छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापनमा केन्द्रित स्रोत सहमति र निकासामा मन्त्रालयले प्राथमिकता दिएको देखिएको छ। सोही निर्वाचन प्रयोजनका लागि राष्ट्रिय अनुसन्धान विभागलाई कात्तिक १३ गते २ करोड ८० लाख रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ भने नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि मंसिर २८ गते ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ।

    यस्तै, गृह मन्त्रालय तथा मातहतका निकायलाई प्रतिनिधिसभा निर्वाचनका लागि कुल १० अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै, नेपाली सेनालाई निर्वाचन केन्द्रित चालू खर्चतर्फ १ अर्ब ९४ करोड ६८ लाख ५५ हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ।

    प्रकाशित : शनिबार, १७ माघ २०८२ , ०२:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend