logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

वरिष्ठ कलाकार सुनील थापाको निधन

वरिष्ठ कलाकार सुनील थापाको निधन


  • शनिबार, माघ २४ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    वरिष्ठ नेपाली चलचित्रका चर्चित अभिनेता सुनील थापा आज बिहान  थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएका छन्। उनको हृदयाघात का कारण उपचारका क्रममा निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

    प्रहरी तथा अस्पतालका प्रारम्भिक विवरणअनुसार, बिहान थापालाई अचानक स्वास्थ्य समस्या देखिएकाले तुरुन्तै नर्भिक अस्पताल तर्फ लगिएको थियो । तर अस्पताल पुगेपछि नै उनको निधन भएको हो । अस्पतालले औपचारिक घोषणा आफन्त अस्पताल आएसँगै गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

    कलाकार संघका अध्यक्ष मोहन निरौला ले पनि सामाजिक सञ्जालमार्फत थापाको निधनको पुष्टि गर्दै कलाकार क्षेत्रमा ठूलो क्षति भएको बताउनुभएको छ ।

    सुनील थापा नेपाली चलचित्र क्षेत्रमा ‘राते काइँला’ भन्ने परिचित पात्रका रूपमा समेत प्रख्यात थिए । उनले दर्जनौं चलचित्रमा अभिनय गरेका थिए र नेपाली सिनेमा मात्र होइन, भारतीय फिल्म उद्योगमा पनि आफ्नो पहिचान बनाएका थिए ।

    थापाको निधनले नेपाली कला, चलचित्र र मनोरञ्जन क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै चलचित्रकर्मी र शुभचिन्तकले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    अहिले उनका शोक परिवार, सिने जगत र प्रशंसकबीच व्यापक रूपमा व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण भइरहेको छ ।

    प्रकाशित : शनिबार, २४ माघ २०८२ , १०:२७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend