लोकसारथि संवाददाता, काठमाडौं ।
निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको उजुरी परेका सञ्चारमाध्यम तथा पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष/सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार सामग्री निरन्तर पोस्ट गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा आयोगले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाएको जनाएको छ ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार व्यक्तिगत सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीत हुने गरी उम्मेदवारका प्रचार सामग्री निरन्तर पोस्ट गरेको आरोपमा उजुरी परेपछि काउन्सिलमा कारबाहीका लागि पत्राचार गरिएको हो ।
यसैबीच, गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले संस्थानलाई सो विषयमा दुई दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
