logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

रुपन्देही–१ मा रास्वपाका सुनिल लम्साल फराकिलो मतान्तरसहित विजयी

रुपन्देही–१ मा रास्वपाका सुनिल लम्साल फराकिलो मतान्तरसहित विजयी


  • शनिबार, फाल्गुन २३ २०८२
  • 637
    SHARES

    लोकसारथि संवाददाता, बुटवल।

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल लम्साल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार लम्सालले ५७ हजार ३९ मत प्राप्त गर्दै स्पष्ट जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हिरा केसीले १२ हजार ४४७ मत प्राप्त गरेका छन्।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्वल बोहोराले ८ हजार ६४१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले ८ हजार १७३ मत प्राप्त गरेका छन्।

    लम्सालले आफ्नो निकटतम प्रतिस्पर्धी केसीलाई ४४ हजार ५९२ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। यस्तो ठूलो मतान्तरलाई रुपन्देही–१ को निर्वाचन इतिहासमै महत्वपूर्ण परिणामका रूपमा हेरिएको छ।

    निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार लम्साललाई औपचारिक रूपमा विजय प्रमाणपत्र प्रदान गरिसकेको जनाएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार रुपन्देही–१ मा देखिएको यो परिणामले मतदाताको मनोविज्ञानमा आएको परिवर्तनलाई स्पष्ट संकेत गरेको छ। परम्परागत रूपमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने मानिएको यस क्षेत्रमा रास्वपाका उम्मेदवारले प्राप्त गरेको भारी मतले नयाँ राजनीतिक शक्तिप्रति बढ्दो आकर्षण देखिएको उनीहरूको भनाइ छ।

    विशेषगरी युवापुस्ता, वैकल्पिक राजनीतिक सोच भएका मतदाता तथा सुशासन र पारदर्शिताको अपेक्षा राख्ने नागरिकको समर्थन नयाँ राजनीतिक शक्तितर्फ केन्द्रित भएको देखिएको विश्लेषण गरिएको छ।

    यस परिणामलाई रुपन्देही जिल्लाको मात्र होइन, समग्र रूपमा नेपालको बदलिँदो राजनीतिक परिदृश्यको संकेतका रूपमा समेत हेरिएको छ।

    प्रकाशित : शनिबार, २३ फाल्गुन २०८२ , ०६:४८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend