गुल्मी ।
गुल्मीको पुर्तिघाट अन्तर्गत कालीगण्डकी गाउँपालिका–४ कनौटामा आधुनिक विद्युतीय सवारी चार्जिङ्ग सेवा सञ्चालनमा आएको छ । युवा व्यवसायी सुदर्शन श्रेष्ठले “Purtighat EV Charging Station” सञ्चालनमा ल्याएका हुन् ।
नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै श्रेष्ठले व्यवसायिक रूपमा अत्याधुनिक EV Charging Station स्थापना गरेका हुन् । हाल उक्त स्टेशनमा ८० किलोवाट क्षमताको डबल गन GBT चार्जिङ सुविधा उपलब्ध रहेको बताइएको छ ।
विशेषगरी लामो दूरीमा यात्रा गर्ने विद्युतीय सवारी चालकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस चार्जिङ स्टेशनले Kaligandaki Corridor हुँदै आवतजावत गर्ने सवारी साधनलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । पूर्तिघाट हुँदै मुक्तिनाथ, तातोपानी, बागलुङ, कालिका पर्वतलगायत विभिन्न पर्यटकीय गन्तव्यमा जाने सवारी साधनको चाप दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो अवस्थामा यस मार्गमा आधुनिक चार्जिङ पूर्वाधार विस्तार हुनु सकारात्मक कदमका रूपमा हेरिएको छ ।

स्थानीय स्तरमै EV Charging Station सञ्चालनमा आएपछि विद्युतीय सवारी प्रयोगकर्ताले “चार्ज कहाँ गर्ने ?” भन्ने चिन्ताबाट राहत पाउने विश्वास गरिएको छ । यसले लामो दूरीका यात्रुलाई सहजता प्रदान गर्नुका साथै कालीगण्डकी करिडोरमा विद्युतीय सवारीको प्रयोगलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी स्थानीय व्यवसाय प्रवर्द्धन, पर्यटकीय आवागमन र ग्रामीण क्षेत्रमा आधुनिक पूर्वाधार विस्तारका दृष्टिले पनि यो परियोजना महत्वपूर्ण मानिएको छ । व्यवसायिक रूपमा पनि चार्जिङ स्टेशन सञ्चालनबाट राम्रो सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।
ग्रामीण क्षेत्रमा यस्ता आधुनिक पूर्वाधार विस्तार हुन थालेपछि नेपालमा हरित यातायात प्रवर्द्धन तथा दिगो विकास अभियानलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
