logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपाल आमाको आसु हेर हर्क, देश बनाउने बाटोमा फर्क (मधुर गीत)

नेपाल आमाको आसु हेर हर्क, देश बनाउने बाटोमा फर्क (मधुर गीत)

सानो कुरामा तिमी नझर्क, सन्सद चल्नदेउ यसरी नजर्क


  • शुक्रबार, जेष्ठ ८ २०८३
  • 1.4K
    SHARES

    शब्द : राधाचाकर राजु

    नेपाल आमाको आसु हेर हर्क
    देश बनाउने बाटोमा फर्क
    सानो कुरामा तिमी नझर्क
    सन्सद चल्नदेउ यसरी नजर्क

    देश कुन हालतमा छ तिम्लाई थाहा छैन र
    समृद्धिको बाटो खोल्ने तिम्रो चाहा छैन र
    अब होशमा आउ जाउला नर्क
    नेपाल आमाको आसु हेर हर्क
    देश बनाउने बाटोमा फर्क

    सावधान हर्क पहिचान बन्ला तिम्रो हावादारी
    इतिहासले धिक्कार्छ नबिर्स आफ्नो जिम्मेवारी
    फुटेर टुक्रिने शिशाझैँ नचर्क
    नेपाल आमाको आसु हेर हर्क
    देश बनाउने बाटोमा फर्क

    कोही पनि छैन छोटा यहाँ न कोही छ बडा
    अवरोध झगडा गर्ने सन्सद भवन होइन अखडा
    बन मित्र सुकर्मको इत्र छर्क
    नेपाल आमाको आसु हेर हर्क
    देश बनाउने बाटोमा फर्क

    व्यवहार हुनुपर्छ फूल जस्तो पाषाण बन्नु हुँदैन
    तिम्रो शैली देखेर कुन नेपालीको मन रुँदैन
    समय फर्किन्न कर्तव्यदेखि नतर्क
    नेपाल आमाको आसु हेर हर्क
    देश बनाउने बाटोमा फर्क

    प्यारो बनेर बस्न सजिलो छैन जनताको मनमा
    मानब चोला पाइँदैन फेरि नगर भूल जीवनमा
    आवेशमा नआउ केही वेर पर्ख
    नेपाल आमाको आसु हेर हर्क
    देश बनाउने बाटोमा फर्क
    सानो कुरामा तिमी नझर्क
    सन्सद चल्नदेउ यसरी नजर्क

    प्रकाशित : शुक्रबार, ८ जेष्ठ २०८३ , १०:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend