logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

भूपू सैनिकका हकअधिकारबारे जानकारी दिन गोर्खा ब्रिगेडका अध्यक्ष नेपाल आउँदै

भूपू सैनिकका हकअधिकारबारे जानकारी दिन गोर्खा ब्रिगेडका अध्यक्ष नेपाल आउँदै

गोर्खा ब्रिगेडका अध्यक्ष लेफ्टिनेन्ट जनरल संजीव चौहान बुटवल आउँदै


  • शुक्रबार, जेष्ठ २२ २०८३
  • 1.1K
    SHARES

    लोकनाथ शर्मा, बुटवल ।

    ब्रिटिस गोर्खा ब्रिगेडका अध्यक्ष (President of Gorkha Brigade) लेफ्टिनेन्ट जनरल संजीव चौहान जेष्ठ २३ गते शनिबार बुटवल आउनुहुने भएको छ।

    जिल्ला सैनिक बोर्ड पेन्सन क्याम्प, फूलबारीमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले पूर्व सैनिक (भूपू) तथा उनीहरूका परिवारका सदस्यहरूलाई भूपू सैनिकहरूले पाउने हक, अधिकार, सेवा–सुविधा तथा कल्याणकारी कार्यक्रमबारे विस्तृत जानकारी गराउनुहुने कार्यक्रम रहेको छ।

    कार्यक्रम बिहान ९ः३० बजेबाट सुरु हुने जनाइएको छ। हालै बुटवलमा ‘ए’ लेभलको पोलिक्लिनिक सञ्चालनमा आएपछि पूर्व सैनिक तथा उनीहरूका आश्रित परिवारले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने व्यवस्था भएको विषयमा समेत जानकारी दिइने बताइएको छ।

    कार्यक्रममा सहभागी भूपू सैनिक तथा परिवारजनहरूले आफ्ना जिज्ञासा, समस्या तथा सुझावहरू प्रत्यक्ष रूपमा गोर्खा ब्रिगेडका अध्यक्ष लेफ्टिनेन्ट जनरल संजीव चौहानसमक्ष राख्न सक्ने अवसर पनि प्रदान गरिनेछ।

    ECHS का OIC लेफ्टिनेन्ट कर्णेल बलबहादुर रेश्मीका अनुसार उक्त कार्यक्रममा सम्पूर्ण पूर्व सैनिक तथा उनीहरूका परिवारजनलाई समयमै उपस्थित भई कार्यक्रमबाट लाभ लिन अनुरोध गरिएको छ।

    उहाँले गोर्खा सैनिकहरूको कल्याण, स्वास्थ्य सेवा, पेन्सन सुविधा तथा अन्य अधिकारसम्बन्धी विषयमा जानकारी हासिल गर्ने यो महत्वपूर्ण अवसर भएकाले अधिकतम सहभागिताका लागि आग्रह गर्नुभयो।

    पूर्व सैनिक समुदायका लागि महत्वपूर्ण मानिएको यस कार्यक्रममा भूपू सैनिकहरूको हकहित, स्वास्थ्य सेवा विस्तार तथा कल्याणकारी योजनाबारे प्रत्यक्ष जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : शुक्रबार, २२ जेष्ठ २०८३ , १२:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend