logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

शीत काव्य समाज नेपालको छैठौँ वार्षिक दिवस

शीत काव्य समाज नेपालको छैठौँ वार्षिक दिवस

कृति लोकार्पण कार्यक्रम असार ७ गते


  • मंगलबार, असार २ २०८३
  • 2.6K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल।

    शीत काव्य समाज नेपालले आफ्नो आठौँ वार्षिक दिवसका अवसरमा विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले सार्वजनिक गरेको निमन्त्रणापत्रअनुसार आगामी असार ७ गते बिहान ११:३० बजे काठमाडौंको महादेवटार हाइटस्थित टोखा नगरपालिका–११ को सामुदायिक भवन मा कार्यक्रम आयोजना गरिनेछ।

    शीत परिकल्पनाको छैठौँ वार्षिक दिवस मनाइनुका साथै शीतकाव्य पुरस्कार समर्पण समारोह समेत सम्पन्न गरिने जनाइएको छ।

    त्यसैगरी साहित्यकार लव जोशीको कविता सङ्ग्रह ‘जुलुस’ को लोकार्पण तथा विशेष विमर्श कार्यक्रम पनि आयोजना गरिनेछ। कार्यक्रममा शीत ईश्वर तथा शीत साधकहरूको भेला, शीत वाचन तथा गायनलगायत विविध साहित्यिक प्रस्तुति समावेश गरिएका छन्।

    समाजका अनुसार कार्यक्रममा साहित्य, कला र संस्कृतिप्रति रुचि राख्ने स्रष्टा, साहित्यप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    कार्यक्रमका आयोजकहरूले साहित्यिक गतिविधिको प्रवर्द्धन, सर्जकहरूबीच आपसी सहकार्य तथा नेपाली साहित्यको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्।

    शीत काव्य समाज नेपालले सम्पूर्ण साहित्यप्रेमी, स्रष्टा तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

    कार्यक्रम विवरणः

    आयोजकः शीत काव्य समाज नेपाल
    अवसरः छैठौँ वार्षिक दिवस तथा शीतकाव्य पुरस्कार समर्पण
    विशेष आकर्षणः कविता सङ्ग्रह ‘जुलुस’ लोकार्पण तथा विमर्श
    मितिः असार ७, २०८३
    समयः बिहान ११ः३० बजे
    स्थानः सामुदायिक भवन, टोखा नगरपालिका–११, महादेवटार हाइट, काठमाडौं।

    प्रकाशित : मंगलबार, २ असार २०८३ , ०४:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend