logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

सडक निर्माण हेर्न जाँदा कुटपिट भएको आरोप, एक पक्राउ

सडक निर्माण हेर्न जाँदा कुटपिट भएको आरोप, एक पक्राउ


  • आइतबार, साउन ३ २०८३
  • 520
    SHARES

    लोकसारथि संवाददाता, महोत्तरी ।

    महोत्तरीको बलवा नगरपालिका–६ मा सडक निर्माणको काम हेर्न गएका एक व्यक्तिमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बलवा नगरपालिका–६ का ३६ वर्षीय हुस्नेम अन्सारीमाथि कुटपिट गरेको आरोपमा सोही वडाका ३२ वर्षीय मनजेश यादवलाई २०८३ साउन १ गते पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार २०८३ असार ३२ गते राति स्थानीयवासीहरू टोलमा ढलान भइरहेको सडकको काम अवलोकन गर्न जाँदा बाटो छेकेर हुस्नेम अन्सारीमाथि हातखुट्टा समातेर कुटपिट गरिएको आरोप छ।

    घटनापछि पीडित हुस्नेम अन्सारीले वर्तमान वडाध्यक्ष ५० वर्षीय बैजनाथ झा, ५६ वर्षीय श्याम यादव, ३२ वर्षीय मनजेश यादव, ३५ वर्षीय बलराम यादव र ३० वर्षीय राजु यादवविरुद्ध असार ३२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएका छन्।

    कुटपिटबाट घाइते अन्सारीलाई सोही राति उपचारका लागि प्रादेशिक अस्पताल, जलेश्वर लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि गोदावरी अस्पताल, जनकपुरधाम रेफर गरिएको पीडितका भाइ नुरैन अन्सारीले बताएका छन्।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार घटनाबारे अनुसन्धान जारी रहेको छ। पक्राउ परेका मनजेश यादवमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ भने फरार रहेका अन्य आरोपितहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित : आइतबार, ३ साउन २०८३ , १२:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend