logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

कोविड ‘एरिस’ को नयाँ संस्करण बेलायतमा तीव्र गतिमा फैलिरहेको छ, विज्ञहरूले दिए चेतावनी

कोविड ‘एरिस’ को नयाँ संस्करण बेलायतमा तीव्र गतिमा फैलिरहेको छ, विज्ञहरूले दिए चेतावनी


  • मंगलबार, साउन २३ २०८०
  • 780
    SHARES

    एजेन्सी । यूके स्वास्थ्य एजेंसी अनुसार ब्रिटेनमा कोविड–१९ को नयाँ वेरियन्ट तीव्र गतिमा फैलिरहेको छ जसले देशको स्वास्थ्य अधिकारीहरुको चिन्ता बढाएको छ । समाचार एजेंसी पीटीआईको प्रतिवेदन अनुसार वेरियन्ट ईजी ५.१ जसलाई एरिस भनिएको छ ओमिक्रनबाटै आएको हो । यो पहिलो पटक गत महिनामा ब्रिटेनमा पहिचानमा आएको थियो ।

    स्वास्थ्य अधिकारीहरु बताउँछन् कि एरिस स्वरुप ओमिक्रनबाट उत्पत्ति भएको हो । यूकेएचएसएको एक रिपोर्ट अनुसार प्रत्येक ७ जना संक्रमिकहरुमा एक जना एरिस वेरियन्टबाट संक्रमित भएको पाइएको छ ।

    विश्व स्वास्थ्य संगठनले दुई साता अगाडि नै एरिस भेरियन्टको अनुगमन सुरु गरेको थियो । यसबाट बच्नका लागि कोभिड–१९ मा अपनाइएने उपायहरु जस्तै साबुन पानीले हात मुख धोइ राख्नु, पोषिलो आहार लिनु, संक्रमितबाट टाढा रहनु आदि प्रभावकारी हुने बताइएको छ ।

    प्रकाशित : मंगलबार, २३ साउन २०८० , ०८:२६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend