Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कर्णाली प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा

कर्णाली प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा


  • शुक्रबार, असोज २६ २०८०
  • 247
    SHARES

    कर्णाली प्रदेशलाई ‘पूर्ण खोपयुक्त प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यस्तो घोषणा गरेका हुन् ।

    सो अवसरमा उनले ‘स्थानीय श्रोतको सदुपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ प्रदेशलाई ‘पूर्ण खोपयुक्त कर्णाली प्रदेश’ घोषणा गरे। प्रदेश सरकारका मन्त्रीले प्रदेशलाई पूर्ण खोपको स्थितिमा पुर्‍याउन अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगीता मिश्रले भौगोलिक कठिनाइका बाबजुद कर्णाली प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेशको दर्जा दिनु उल्लेखनीय उपलब्धि भएको बताइन् । उनले हालसम्म देशका ७२ जिल्ला र तीन प्रदेशले पूर्ण खोप भएको घोषणा गरेको बताइन् ।

    योसँगै प्रदेशका १० जिल्लाका ३४ हजार ६ सय ७१ बालबालिकालाई खोप लगाइएपछि कर्णाली चौथो प्रदेश बनेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले बताए । पछिल्लो खोप अभियानबाट बञ्चित रहेका बालबालिकालाई पनि खोप लगाइने उनले बताए ।

    प्रकाशित : शुक्रबार, २६ असोज २०८० , ०५:२३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend