Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जनता र शक्तिको कथामा आधारित फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

जनता र शक्तिको कथामा आधारित फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक


  • शुक्रबार, कार्तिक ३ २०८०
  • 182
    SHARES

    फिल्मी खबर । निश्चल बस्नेतले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक झण्डै चार मिनेटको ट्रेलरमा जनता र शक्तिको कथा भनिएको छ । रोजगारीका लागि विदेश जान लागेको पात्र (खगेन्द्र लामिछाने)ले मेनपावरबाट ठगिएपछि भोग्नुपर्ने दुःख र कठिनाईमा ट्रेलरले फन्को मारेको छ । ट्रेलरको सुरुमै खगेन्द्र खाली खुट्टा विमानस्थल पुगेको दृश्य मार्मिक छ ।

    खगेन्द्रको पात्र आफ्नै नगरको मेयर (अर्पण थापा) संलग्न रहेको म्यानपावरबाटै ठगिएको हुन्छ । मेयरले फोन गर्दिए आफू विदेश जान पाउने थाहा पाएपछि उसले मेयरलाई भेट्नका लागि प्रयास गर्छ । निरन्तरको प्रयासपछि मेयरले नजिकिएको चुनावमा सय भोटको ग्यारेन्टी गराइदिए फोन गरिदिने आश्वासन दिन्छ । यसपछि त्यो पात्रले कस्तो संघर्ष गर्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ ।

    फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले खगेन्द्रको श्रीमतीको भूमिका निभाएकी छन् । खगेन्द्रको साथीको भूमिकामा अभिनेता दयाहाङ राई छन् भने सुमन कार्कीलाई युट्युबरको रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरको अन्तिम दृश्यमा निर्देशक बस्नेतलाई पनि बाइक र्‍यालीको लिडरका रुपमा देखाइएको छ । उक्त दृश्यले फिल्ममा उनी पनि महत्त्वपूर्ण भूमिकामा रहेको संकेत गर्छ ।

    सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का आदिको पनि अभिनय छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

    रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । फिल्मलाई काठमाडौंभित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

    प्रकाशित : शुक्रबार, ३ कार्तिक २०८० , १०:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend