Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

फाल्गुन ४ गते ‘जिग्री’ रिलिज हुँदै

फाल्गुन ४ गते ‘जिग्री’ रिलिज हुँदै


  • सोमबार, माघ ८ २०८०
  • 936
    SHARES

    आगामी फागुन महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । फागुन ११ गते ‘गोर्खा वारियर’, फागुन १८ गते ‘अगस्त्य’ र फागुन २५ गते ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ प्रदर्शनमा आउने निश्चित भैसकेको अवस्थामा अब बाँकी रहेको फागुन पहिलो हप्ता फिल्म ‘जिग्री’ प्रदर्शन हुने भएको छ । आइतबार तीन पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

    आकाश मगर निर्देशित फिल्ममा अभयराज बराल, आकाश मगर, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, सुशीलराज पाण्डे, नवीन लम्साल, केदार श्रेष्ठ, सुशीला लक्ष्मी महर्जन, स्नेहा रसाइली, शंकर भण्डारी, अर्जुन पौडेल, मनिष व्याञ्जु, दिवाकर घिमिरे लगायतको अभिनय छ । यो फिल्मको ट्यागलाइन ‘एउटा आलु जस्तो, एउटा तामा जस्तो’ राखिएको छ ।

    फिल्मले ठूलो महत्वकांक्षा बोकेर काठमाडौं आएका फरक व्यवहार र स्वभावका दुई युवाको कथा भनेको छ । उनीहरुले महंगी र अभावमा पिल्सँदै काठमाडौँमा गरेको संघर्ष फिल्मको मुख्य कथा रहेको मगरको भनाई छ । उनी भन्छन्, ‘वर्तमान समयमा आम युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यसले निम्त्याएका अनेकन् घटनालाई फिल्ममा देखाउन खोजेका छौं ।’

    फिल्मका कार्यकारी निर्माता कुशुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् । सुमित भट्ट र सोमित माझीको छायांकन रहेको फिल्ममा सुवास पौडेल र भास्कर स्वाँरको संगीत, सरुन मानन्धरको सम्पादन, किशोर आचार्यको ध्वनि र लुज राजभण्डारीको भीएफएक्स छ । फिल्मका कास्टिङ निर्देशक केदार श्रेष्ठ हुन् । सुस्केरा आर्ट्स र लोकल सिनेमाले सहकार्य गरेर फिल्मको निर्माण गरेका हुन् ।

    प्रकाशित : सोमबार, ८ माघ २०८० , ११:०३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend