Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

काठमाडौंको गोपीकृष्ण हल फागुन १ गतेदेखि बन्द हुने

काठमाडौंको गोपीकृष्ण हल फागुन १ गतेदेखि बन्द हुने


  • शनिबार, माघ २७ २०८०
  • 1.3K
    SHARES

    फिल्म प्रदर्शनको गर्विलो इतिहास बोकेको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् । हल सधैंका लागि बन्द गरिएको हो वा सीमित समयका लागि, त्यो भने खुलाइएको छैन ।

    शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाकालदेखि नै फिल्म क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यो हलले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै ।’

    कुनै बेला सातवटा हल सञ्चालनमा रहेको गोपीकृष्णको भूकम्पपछि मुख्य संरचना भत्काइएको थियो । र, अर्को भवनमा २ वर्ष अगाडि ‘ओमः’, ‘नमः’ र ‘शिवायः’ गरी तीन हललाई रातो, हरियो र निलो (आरजिबी) रंगको थिममा सञ्‍चालनमा ल्याइएको थियो । तर, यी हलले गोपीकृष्णको पुरानो क्रेज फर्काउन सकेनन् ।

    gopikrishna

    प्रकाशित : शनिबार, २७ माघ २०८० , ०१:१५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend