logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गीति सम्झना, भाग—९

गीति सम्झना, भाग—९


  • बिहिबार, मंसिर २७ २०८१
  • 1.8K
    SHARES

    गीति सम्झना, भाग—९

    सधैँलाई विदा हुने, आँसुले पीर धुने
    उनैलाई सम्झेर यो मन घरिघरि रुने
    किन हादसा भयो टिपी लयो आयो काल
    कोसँग मागूँ जवाब, कोसँग गरूँ सवाल

    कहाँ गए पितृहरू, कहाँ थिए कुल देउता
    जोगाउन सकेनन् कसैले ज्यान त्यो एउटा
    रचिदिए सबै मिली दुःखको आहाल
    कोसँग मागूँ जवाब, कोसँग गरुँ सवाल ?

    तिमीसित त मेरो खुशीको साँचो थियो
    तैबेला साथ छुट्यो जब तिम्रो खाँचो थियो
    कर्मले मेरै त होला, भयो यस्तो बेहाल
    कोसँग मागूँ जवाब, कोसँग गरुँ सवाल ?

    तिमीभन्दा राम्री त मैले कोही देखिनँ
    तिमीभन्दा पवित्र मैले कोही भेटिनँ
    तिमी बिना हरायो जीवनको लय, ताल
    कोसँग मागूँ जवाब, कोसँग गरुँ सवाल ?

    तिमीलाई पाएँ मैले मलाई छ धेरै गर्व
    तिम्रा यादहरुसँग हरपल छ मेरो पर्व
    तिमी बिना म दुखी बाँच्छु खै कति साल
    कोसँग मागुँ जवाब, कोसँग गरुँ सवाल?

    प्रकाशित : बिहिबार, २७ मंसिर २०८१ , ०४:३२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend