Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कुरिनटारमा २५ शैयाको अस्पताल सञ्चालनमा

कुरिनटारमा २५ शैयाको अस्पताल सञ्चालनमा


  • शनिबार, कार्तिक ४ २०८०
  • 507
    SHARES

    चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा १५ शैया क्षमताको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ ।

    गाउँपालिकाले तत्कालीन दरेचोक स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।

    वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले शुक्रबार अस्पतालबाट सेवाको शुभारम्भ गर्दै देशकै व्यस्त राजमार्ग पृथ्वी राजमार्ग नजिक रहेकाले अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

    यस अस्पतालको सेवाबाट चितवन, तनहुँ, गोरखा र धादिङका जनताले प्रत्यक्ष लाभ पाउनेछन् ।

    त्यसैगरी संघीय सरकारको १३ करोड रुपैयाँ सहयोगमा कुरिन्टार बजारमा अस्पतालको भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

    भवन निर्माण सम्पन्न भएपछि अस्पतालको सेवालाई थप विस्तार गरिने गुरुङले बताए ।

    हाल दुई जना चिकित्सक र अन्य १३ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिइरहेका छन् ।

    प्रकाशित : शनिबार, ४ कार्तिक २०८० , ०९:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend