Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


  • शुक्रबार, कार्तिक १७ २०८०
  • 351
    SHARES

    कात्तिक १७, बुटवल । आज र भोलि देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अग्रसर भइरहेको छ ।

    स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई देशभर खटिएका महिला स्वास्थ्य स्वयंसेविकाबाट भिटामिन ‘ए’ र जुकाको टेबुल खुवाइने बताए । ।

    असोज १९ र २० गते तय भएको भिटामिन ‘ए’ अभियानको पहिलो चरण दशैंको बिदाका कारण असोजमा हुन नसकेपछि आजदेखि लागू हुँदैछ ।

    करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

    प्रकाशित : शुक्रबार, १७ कार्तिक २०८० , ०२:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend