Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

विकृत आहार, विचार, व्यवहार र संस्कारको प्रतिफल हो बलात्कार

विकृत आहार, विचार, व्यवहार र संस्कारको प्रतिफल हो बलात्कार


  • मंगलबार, मंसिर १२ २०८०
  • 299
    SHARES

    मानिसको विचार उसले गर्ने व्यवहारको जननि हो भने आहार तपाईको विचारको निर्माता हो । त्यसैगरि व्यवहारले संस्कार जन्माउँछ । आहार, विचार, व्यवहार र संस्कारबीच नङमासुको सम्बन्ध छ । हामीले त्यति मात्रै भोजन गर्नु पर्छ जसले उर्जामा परिणत भइ दैनिकरुपमा सामान्य सकारात्मक कामकाजका लागि शारीरिक र मानसिक पक्षमा प्रयोग हुन सकोस् । शरीर र बुद्धिको कार्यात्मक पक्षलाई गगिशील राख्नकालागि जति आवश्यक छ त्योभन्दा बढी भोजन गरेमा शुगरमा परिणत भएको भोजन हाम्रो लिवरमा भण्डार भएर रहन्छ जसलाई ग्लाइकोजेन भनिन्छ । ग्लाइकोजेनको रुपमा भण्डार हुन आवश्यक मात्राभन्दा अधिक भोजन गरेमा त्यो हाम्रो शरीरको विभिन्न भागमा बोसो (एडिपोज टिसुज)को रुपमा जम्मा हुन थाल्दछ । बोसो बन्नका लागि जति भोजन आवश्यक पर्छ त्योभन्दा बढी भोजन गरेमा अब उत्पादन हुने उर्जाले रिस, लोभ, अहँकार अनि काम वासनालाई वृद्धि गर्छ । त्यसमा पनि यदि हाम्रो भोजन तामसिक प्रकारको छ भने यसले निम्त्याउने परिणति  दुःखदायी नै हुन्छ ।

    अहिले हाम्रो घर, परिवार समाज, देश र दुनियाँमा भएको यही हो । अपराधका घटनाहरु नहुने कुनै दिन, कुनै क्षण छैन । हाम्रो जीवन र यसको सुरक्षा, संरक्षण तथा विकास अनिश्चत एवं संकटग्रस्त बन्दै गएको छ । हत्या, बलात्कार, भ्रष्टाचार तथा व्यभिचाररुपी ज्वालामुखीको विस्फोटनले नारीको स्वभाव, अस्मिता र अस्तित्व, समाजको सदभावना, देशको अमनचयन, राष्ट्रिय अखण्डता अनि मानवको मानवीयता सबै ध्वस्त पार्दै छ । एक देश अर्काे देशबाट, एक नागरिक अर्काे नागरिकबाट, एक छिमेकी आफ्नै छिमेकीबाट, परिवारका सदस्य परिवारकै सदस्यबाट अन्याय, अत्याचारको शिकार बन्दै छन्, असुरक्षित छन् ।

    आहार, विचार, व्यवहार र संस्कार यी चार तत्वहरु अन्तरसम्बन्धित छन्, परस्पर आश्रित छन् । आहार, विचार, व्यवहार र संस्कार एक चक्र हो । यो चक्र जस्तो हुन्छ व्यक्तिको जीवन एवं व्यक्तित्व त्यस्तै बन्छ । चार तत्वहरु मध्ये कुनै एक कल्मषको शिकार भयो भने त्यसले क्रमशः अन्य तीन तत्वहरुलाई पनि बिर्गान थाल्छ । सप्रिने कुरा पनि यिनैमध्ये कुनै एकबाट सुरु हुनुपर्दछ अनि सम्पूर्ण अन्य तीनमा क्रमशः आमूल परिवर्तन हुन्छ । यद्यपि यसले समय लिन्छ ।

    आहार, विचार, व्यवहार र संस्कारको शुद्धतामा परिवर्तन आउनु नै जीवनशैलीमा विचलनको कारण हो । यसैले गर्दा अशुद्ध आहार, अशुद्ध विचार, अशुद्ध व्यवहार र अशुद्ध संस्कारतर्फ मानिसहरु आकर्षित छन् । राज्य व्यवस्था पनि यस्तो छ जहाँ अपराधीलाई हाइसन्चो छ । मलाई सम्झना छ, जबदेखि चेतना भयो मैले बुवाले लाउनुभएको जुत्ता चप्पल पनि नाघ्ने आँट गर्दिनथें, कारण–बुवाको जुत्ता, चप्पल नाघ्दा लाग्थ्यो बुवामाथि नै खुट्टा राख्दै छु । त्यसैले बाटोमा बुवाको जुत्ता चप्पल छ भने आफू तर्किएर वा जुत्ता चप्पल तर्काएर हिंड्थें । तर आजभोलिका माता पितामै त्यो संस्कार छैन जसलाई विरासतको रुपमा आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न सकियोस् । आमाबुवा र सन्ततिबीचमा मतभिन्नता छ, दाजूभाइमा मतभिन्नता, दिदीबहिनीबीचमा मतभिन्नता छ । एउटै गाउँ, एउटै ठाउँमा बस्ने छिमेकीछिमेकीको पनि विचार मिल्दैन । एउटै संघ, संस्था वा कार्यालयका सदस्यहरुबीच पनि ठूलै मतभिन्नता एवम् गुटबन्दी छ । नीति, संस्कृति, इमानदारिता, अस्मिता, पारस्परिक सम्बन्ध, सांसद, विधायक, न्यायाधिश, कानून, राष्ट्रियता, दायित्व आदि सबैकुराको मोलतोल हुन थालेको छ । आज तन, मन, वचन र वतन सबै बिक्रिमा छ । तपाईसँग पैसा छ भने किन्न सक्नुहुन्छ । भावनालाई मापन गर्ने उपकरण बनेको छैन, भावनाको रुप कस्तो हुन्छ छवि पनि छैन तर यही भावना बिक्रि भइदिन्छ ।

    १६ वर्षकी किशोरीको ३४ वर्षको पुरुषबाट बलात्कार हुन्छ, तीन वर्षकी बालिकाको बलात्कार हुन्छ, सुस्त मनस्थिति, अपाङ्गको बलात्कार हुन्छ भने आश्चर्यको कुरा होइन । किनभने आजभोलि यो आमकुरा भइसक्यो । एक किशोरले त ८० वर्षकी वृद्धालाई पनि बाँकी राखेनन् । यस्ता घटनाहरुको साक्षी आजको मानव सभ्यता र समय बन्दै छ । नेपालमा प्रतिदिन औसतमा ६ जनाको बलात्कार हुन्छ । निर्मला लगायत बलात्कारका धेरै घटनाहरुको आजसम्म पनि टुङ्गो लागिसकेको छैन । नागरिकको सुरक्षा प्रत्याभूति दिलाउन असफल राज्यका शासकहरुले निर्लज्ज ढंंगले लामो समयसम्म सत्तामै टिकिरहन चाहन्छन् । राज्यकै अकर्मण्यताको परिणामस्वरुप यसैबीच बलात्कारको एउटा घटना बाहिरिएको छ ।

    नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तकोशी नगरपालिका–५ का ६८ वर्षीय रामप्रसाद बरहीलाई ०८० मङ्सिर ११ गते ३ वर्ष कैद सजाय भएको छ ।

    सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले बलात्कार मुद्दालाई यौन दुर्व्यवहारमा परिणत गर्दै आरोपितलाई कसुरदार ठहर गरी ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना गर्ने सजाय गरेको हो । यसैगरी फैसला अनुसार आरोपितले ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने र १ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नु पर्ने भएको छ ।

    आरोपितले २०७९ वैशाख १८ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा वैशाख १९ गते उजुरी दिनुभएको थियो । सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोला छेउ धारमा दिउँसो दाउरा खोज्न गएका बेला पोखरी छेउ आरोपितको घरगोठमा लगेर बलात्कार गरेको बालिकाले बताउनु भएको थियो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७९ वैशाख १९ गते भएको थियो ।

    प्रहरीले आरोपितलाई गिरफ्तार गरी ०७९ वैशाख २१ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०७९ जेठ ११ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको आदेशमा आरोपित ०७९ जेठ १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

    यो घटना त बाहिरियो, थाह भयो । नबाहिरिएको दर्जनौं बलात्कारका घटनाहरु छन् । कतिपय बलात्कारका केस त प्रहरीसम्म पुगेपछि मिलापत्रमै टुङ्गिन्छ । २०२१ को डबलुओआरइसीको प्रतिवेदन अनुसार गत दश वर्षमा कुल १७,७९० महिला र केटीहरू बलात्कृत भएका छन् र हरेक वर्ष २० प्रतिशतले बलात्कारका घटनाहरू बढ्दै गएको पाइएको छ।
    यस वर्षको फेब्रुअरीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ ले नेपालमा सन् २०२२ मा ४,२२८ महिला अधिकार उल्लङ्घनका पीडितहरूलाई दस्तावेजीकरण गरेको छ। प्रतिवेदनले ६०५ बलात्कारका घटना, १४५ बलात्कार प्रयासका र ४२ यौन दुर्व्यवहारको घटनाहरू समावेश गरेको छ।

    नेपालको कानुन अनुसार १८ वर्ष मुनिको व्यक्ति नाबालिग हो । मुलुकी अपराध संहिता २०१७ मा १० वर्षभन्दा कम उमेरका व्यक्तिलाई बलात्कार गरेमा आजीवन कारावासको व्यवस्था छ । १८ देखि २० वर्ष यदि पीडित १० र १४ बीचको छ भने, १२ देखि १६ वर्ष यदि पीडित १४ र १६ बीचको छ भने, १० देखि १४ वर्ष यदि पीडित १६ र १८ बीचको छ भने, र १० देखि १२ वर्ष यदि पीडित १७ वर्ष भन्दा माथिको छ भने ।

    देशको कानून कडाभन्दा कडा बनाए तापनि जबसम्म जनता वा नागरिकको आहार, विचार, व्यवहार र संस्कारमा शुद्धता रहँदैन तबसम्म त्यसको कुनै अर्थ छैन । सत्तामा रहेकाहरुको पनि यी चार तत्वहरु पूर्ण स्वस्थ रहनु परमावश्यक छ, अनि मात्र शासकहरुले जनमैत्री नीति र योजनाका आधारमा आफ्नो कर्तव्य सम्पादन गर्न सक्षम हुनेछन् ।

    प्रकाशित : मंगलबार, १२ मंसिर २०८० , १२:०४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend