Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

राजविराज कारागारका कैदीको मृत्यु

राजविराज कारागारका कैदीको मृत्यु


  • बुधबार, माघ १० २०८०
  • 1K
    SHARES

    सप्तरी । राजविराज कारागारका कैदी कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको माघ १० गते उपचारका क्रममा मृत्यु भएको छ ।

    मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहाको अक्सिजन स्तर कम भएपछि माघ ८ गते दिउँसो २ः४५ बजे अस्पताल भर्ना भएकोमा माघ १० गते विहान १०ः५० बजे मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।

    मानसिक अस्वस्थताको समस्या मलाहाको परिवारका अन्य सदस्यमा पनि रहेको जानकारी दिदै मृतकका ससुरा सप्तरीको महादेवा गाउँपालिका–३ वथनाहाका तुरुन्तलाल मुखियाले भन्नुभयो–“ज्वाईको घरपरिवारका अन्य सदस्यहरुमा पनि मानसिक रोगको समस्या भएकोले उहाँलाई जेलबाट उपचारमा ल्याउने, लैजाने काम आफैले गरिरहेको थिएँ ।”

    सप्तरी जिल्ला अदालतको फैसला बमोजिम ज्यान मार्ने उधोग र डाँका कसुरमा मलाहा २०७७ पुस २७ गतेदेखि कारागारमा कैदी रहेको निमित्त कारागार प्रमुख सदानन्द दासले जानकारी दिनुभयो । उनलाई ५ वर्षका लागि कैद सजाय भएको थियो ।

    प्रकाशित : बुधबार, १० माघ २०८० , ०७:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend