logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

अश्लिलता रुचाउने दर्शकहरुको मनोवृत्तिअनुसार साम्राज्ञीको भिडियो सार्वजनिक

अश्लिलता रुचाउने दर्शकहरुको मनोवृत्तिअनुसार साम्राज्ञीको भिडियो सार्वजनिक


  • शुक्रबार, पुष १९ २०८१
  • 559
    SHARES

    काठमाडौ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा साम्राज्ञी र विशाल खरेल फिचर्ड छन् ।

    ‘हारेँ हारेँ’ बोलको गीतमा सुमित पाठक र ममता गुरुङको स्वर छ । गीतमा शब्दरचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वयंले गरेका हुन् । 

    सौरभ लामाको डीओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन् । नग्नता, अश्लिलता र कृत्रिम तडकभडकमा रमाउने दर्शकहरुको मनोवृत्तिलाई ध्यानमा राखेर भिडियो निर्माण गरिएको प्रतीत हुन्छ ।

    यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो । 

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०४:३७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend