४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले

लोकसारथि, २२ पुस, सोमबार । पार्टीभित्र रहँदा-पटक अपमानित हुनुपरेको भन्दै कैलालीको गोदावरी नगर कमिटीका ४६ जना सदस्यले नेकपा (एमाले) परित्याग गरेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।

नेकपापछि एमालेमे रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको उल्लेख गरेका छन् । ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।

साथै उनीहरूले एमाले नेताहरूले ‘जनयुद्ध’का बारेमा लगातार प्रहार गरेको भन्दै त्यसमा पनि असहमति जनाएका छन् । उनीहरूको राजीनामा पत्रमा यही ११ पुसको मिति लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.