logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन

प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन


  • बुधबार, माघ २ २०८१
  • 546
    SHARES

    काठमाण्डु –प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन डाकेका छन् । ओलीले आज सरकारले ल्याएको अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

    पत्रकार सम्मेलन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा हुनेछ।

    सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो। जसमध्य राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो।

    प्रकाशित : बुधबार, २ माघ २०८१ , ०७:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend