logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

ओली सरकार असफल भएको उपेन्द्र यादवको दाबी

ओली सरकार असफल भएको उपेन्द्र यादवको दाबी


  • बुधबार, माघ ९ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार असफल भएको टिप्पणी गरेका छन् । उनले प्रश्न गरे–‘यो सरकार के मा सफल भयो ? क काम गर्नमा सफल ? हामी यो सरकार ढाल्न चाहँदैनौं । तर, यो सरकार सफल के काममा ? देशको गरिबी, बेरोजगारी हल गर्नमा सफल? कृषिमा सुधार गर्न सफल ? जनतामा सुशासन दिनमा सफल ? के मा सफल ?’ उनले यो देशमा तानाशाहरु जनता सडकमा आएपछि ढल्ने गरेको इतिहासपनि सम्झाए ।

    हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले जनताको न्यायको लागि आफूहरु लड्नेपनि उद्घोष गरे । उनले कांग्रेस र एमालेको सरकार अहिले के होला ? भरे के होला ? भन्ने अवस्था नभएको सुनाए ।

    उनले भने,‘नेपालमा अहिलेको जस्तो प्रणालीभित्र स्थायित्व, सरकारकै स्थायित्व र स्थिरता सम्भव छैन् ।’ उनले नेपालमा कम्युनिष्टहरु नै नभएर कमाउनिस्टहरु भएको आरोप लगाए । उनले आफू अहिले समाजवादी मोर्चामा सहभागी नहुने स्पष्ट पारे । उनले प्रचण्डसँग विश्वासको संकट भएकोले अब सहकार्य नगर्ने जिकिर गरे ।

    प्रकाशित : बुधबार, ९ माघ २०८१ , ०६:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend