logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा सुशासन अभ्यासको सुरुवात

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा सुशासन अभ्यासको सुरुवात


  • बुधबार, माघ ९ २०८१
  • 1.3K
    SHARES

    लोकसारथि, ९ माघ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनमा ग्लबोल पोजिसनिङ सिस्टम (जिपिएस) अर्थात् डिजिटल निगरानीको प्रक्रिया सुरु भएको छ । 

    सरकारी गाडीहरुको दुरुपयोग भएको व्यापक जनगुनासो पश्चात् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका सरकारी गाडीहरुमा डिजिटल निगरानीको प्रक्रिया अगाडि बढाएको स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले स्वास्थ्यखबरलाई बताए। 

    वार्षिक समीक्षामा स्वास्थ्य मन्त्रालय अन्तर्गतका  सरकारी गाडीहरुमा डिजिटल निगरानी  गर्ने निर्णय भएपछि सो कार्यको थालनी गरिएको डा उपाध्यायले बताए ।

    ‘सुशासनका  कायम गर्नका लागि लुुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयसहित १२ वटै जिल्लामा भएका स्वास्थ्य मातहतका निकायमा एम्बुलेन्स बाहेकका सरकारी गाडीहरुमा अनिवार्य रुपमा जिपिएस लागु गर्नुपर्ने भन्दै पत्राचार समेत गरिएको छ’,उनले भने। 

    मन्त्रालयले स्वास्थ्य निर्देशनालय, प्रादेशिक आपुर्ति व्यवस्था केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, १४ वटा अस्पताल, १२ वटा स्वास्थ्य कार्यालयहरु, प्रादेशिक आयूर्वेद चिकित्सालय, लुम्बिनी प्रदेश आयूर्वेद चिकित्सालयलका सरकारी सवारी साधनमा जिपिएस जडान गर्न थालेको हो। 

    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका करिब ४२ वटा गाडीहरुमा जिपिएस लागु गरि मन्त्रालयको सचिवालयले निगरानी गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए। यस्तो गर्दाे सरकारी गाडी तथा कर्मचारी कहाँ र कुन अवस्थामा छन् भन्ने निगरानी गर्न सहयोग पुग्ने डा उपाध्यायको दाबी थियो । कार्यालय प्रमुखहरु, जिम्मेवार व्यक्तिहरु नियमित कार्यालयमा रहने, पुरा समय बस्ने र सेवा प्रवाहलाई चुस्त बनाउन प्रेरित गर्न यस्तो निर्णय गरिएको डा उपाध्याय बताउँछन्। 

    ‘यो सुशासन कायम गर्नका लागि सरकार पक्षबाट भएको एउटा सुरुवात हो,एक साताभित्र झन्डै ३९ वटा गाडीहरुमा जिपिएस जडान भइसकेको जानकारी प्राप्त भएको छ’, उनले भने।

    प्रकाशित : बुधबार, ९ माघ २०८१ , ०१:१३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend