logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

दक्षिण कोरिया जाने कामदारको हवाई टिकट ५५ हजार

दक्षिण कोरिया जाने कामदारको हवाई टिकट ५५ हजार


  • बिहिबार, पुष १८ २०८१
  • 1.1K
    SHARES

    काठमाडौंँ- अब दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकट खर्च ५५ हजार रुपैयाँ मात्र लाग्ने भएको छ। ईपीएस कोरियाको टिकटको जिम्मा पाएको युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले सोही रकममा टिकट पाइने जनाएको छ।

    यसअघि नै सरकारले प्रस्ताव स्वीकृतिका लागि छनोट गरेको थियो।उक्त कम्पनीले प्रति टिकट भ्याटसहित ५४ हजार ९९१ रुपैयाँमा उपलब्ध गराउने भएको छ।

    शाखाले गत १३ कात्तिकमा हवाई टिकटका लागि बोलपत्र आह्वान गरेको थियो। यसअघि उक्त ट्राभल्सले प्रति टिकट १ लाख २३ हजार रुपैयाँसम्म असुली गरेपछि त्यसको व्यापक विरोध भएको भएको थियो। समयमा कामदारले टिकट नपाएपछि यस ट्राभल्सले प्रतिटिकट १ लाख ५० हजार असुली गरेको थियो।

    कोरिया जाने कामदारको टिकट विगतबाटै खरिद गरिरहेको उक्त ट्राभल्सले यसपटक पनि ठेक्का पाएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले जानकारी दिए।

    युनिभर्सल टुर्स एन्ड ट्राभल्सले सबैभन्दा सस्तो टिकटमा कोरिया कामदार पठाउने शुल्क तोकेको थियो। यसकै आधारमा उक्त ट्राभल्सलाई टिकटको जिम्मा दिएको उनको भनाइ छ।

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०५:२१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend