logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

वीरगञ्जबाट चार अर्बको धान र ९३ करोडको चामल आयात

वीरगञ्जबाट चार अर्बको धान र ९३ करोडको चामल आयात


  • शुक्रबार, पुष १९ २०८१
  • 1.2K
    SHARES

    पर्सा- चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६०.२८ प्रतिशतले बढेको छ। साथै राजस्व संकलनको आधार पनि एक सय ४५.२३ प्रतिशतले बढेको छ। गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो।

    चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४.१२ प्रतिशत र राजस्व संकलनको आधारमा २०.८८ प्रतिशतले वृद्धि भएको छ।

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०४:०४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend