भनिन्छ, “जसले तपाईंलाई गलत बुझ्छ, उसले सधैं गलत नै बुझ्नेछ, किनभने आँखाको उपचार सम्भव छ, दृष्टिकोणको होइन।”
यो भनाइ केवल उखान होइन, एक गहिरो मनोवैज्ञानिक यथार्थ हो। धेरैजसो अवस्थामा हाम्रो समस्याको जरो हाम्रो दृष्टिमा होइन, दृष्टिकोणमा हुन्छ।
दृष्टिकोण: परिवर्तनशील कि स्थिर?
Stanford विश्वविद्यालयकी प्रख्यात मनोवैज्ञानिक Carol Dweck ले मानिसको मानसिकता दुई प्रकारको हुने बताउँछिन्—स्थिर मानसिकता (Fixed Mindset) र वृद्धि मानसिकता (Growth Mindset)।
वृद्धि मानसिकता भएका व्यक्ति विश्वास गर्छन् कि प्रयास, आत्म-चेतना र अभ्यासद्वारा व्यक्तित्व, बुद्धि र क्षमताहरूमा सुधार सम्भव छ।
तर स्थिर मानसिकता भएका व्यक्तिहरू सोच्छन् कि तिनीहरू जे छन्, त्यही नै रहनेछन्, सुधार सम्भव छैन—र त्यही सोचले उनीहरूलाई नयाँ विचार, सुझाव वा आलोचनालाई अस्वीकार गर्न बाध्य बनाउँछ।
यसको सीधा असर हाम्रो दृष्टिकोणमा पर्छ। मस्तिष्कमा रहेको neuroplasticity अर्थात् ‘नयाँ तरिकाले सोच्ने, महसुस गर्ने र व्यवहार परिवर्तन गर्ने क्षमता’ ले पुष्टि गर्छ कि परिवर्तन सम्भव छ।
तर दृष्टिकोण परिवर्तन तबमात्र सम्भव हुन्छ, जब हामी परिवर्तन स्वीकार गर्न तयार हुन्छौं।
दृष्टिकोणको दोष
दृष्टिकोणमा दोष भएको मानिसले सकारात्मक सन्देशलाई पनि नकारात्मक ढंगले बुझ्ने सम्भावना बढी हुन्छ।
भन्छन् नि—”कसैले कहिल्यै नराम्रो कुरालाई विरोध गर्दैन, बरु राम्रो कुरालाई पनि विरोध गर्नकै लागि विरोध गर्छ।”
त्यसैले स्पष्ट दृष्टिकोणको अभावले हाम्रो व्यवहार, सम्बन्ध र निर्णयहरूमा नकारात्मक प्रभाव पार्छ।
गलत र सहिको मूल्याङ्कन
हामीले देख्नेछौं—कतिपय व्यक्ति गलत कुरा सुनेर पनि मौन बस्छन्, तटस्थ देखिन्छन्।
कतिपय त दही चाट्ने (flatterer) प्रवृत्तिका हुन्छन्—जसले गलतलाई पनि सही भन्छन्, र सहिलाई पनि सही ठान्दैनन्।
फरक यत्ति हो कि कसैले सही मूल्याङ्कन गर्न सक्दैनन्, त कसैले गर्न चाहँदैनन्।
यी दुई स्थितिको जड हो—इगो (अहंकार)।
-
जसले जान्दैनन्, उनीहरूको विचार नै अधुरो वा भ्रमपूर्ण हुन्छ।
-
जसले जान्दछन् तर मान्दैनन्, उनीहरूको विचार अहंकारद्वारा चलाइन्छ।
-
जसले जान्दछन् तर बोल्दैनन्, उनीहरू अरूले के भन्लान भन्ने सामाजिक डर र संकोचको शिकार हुन्छन्।
समाधान: चेतनाको आँखा खोलौं
हाम्रो समाजमा ज्ञानभन्दा बढी चेतनाको कमी छ।
सही कुरा सही र गलत कुरा गलत भनेर छुट्याउने आँट र मानवता हाम्रो मूल्य हुनु पर्छ।
यस्तो आँट त्यही व्यक्तिमा हुन्छ, जसले गुमाउने डर गर्दैन, र जसले भित्रैबाट आत्म-साक्षात्कारको अभ्यास गरिरहेको हुन्छ।
दृष्टिकोण सुधार्नु भनेको चश्मा फेर्नु होइन, आँखा खोल्नु हो।
आँखा देख्न नसके उपचार गरिन्छ, तर दृष्टिकोण गलत भए—त्यसको उपचार आफैँले आत्मचिन्तन र अभ्यासद्वारा मात्र गर्न सकिन्छ।
निष्कर्ष:
हामी सबैले आफूभित्रको दृष्टिकोण परीक्षण गर्नु आवश्यक छ।
सही मूल्याङ्कन गर्ने हिम्मत राख्नुपर्छ।
साँचो मानवता भनेको सत्य बोल्न र सही काम गर्न डर नमानी अगाडि बढ्नु हो।
साहस त्यही हो—जे छ, त्यही भन्न सक्ने आत्मबल।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
