लोकसारथि संवाददाता, काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा देशभरिका वाणिज्य बैंकहरूले साढे ८ अर्बको हाराहारीमा नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले जम्मा ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
सबैभन्दा धेरै नाफा गर्ने बैंकहरू
साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। बैंकले मात्र ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यसपछि नबिल बैंक दोस्रो स्थानमा रह्यो, जसले ७१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ।
तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ।
अन्य प्रमुख बैंकहरूको नाफा यसप्रकार छः
-
राष्ट्रिय वाणिज्य बैंक : ५५ करोड ८३ लाख
-
नेपाल बैंक : ५५ करोड २७ लाख
-
प्राइम बैंक : ५० करोड ४९ लाख
-
कुमारी बैंक : ४९ करोड २४ लाख
-
एभरेष्ट बैंक : ४८ करोड ३९ लाख
-
एनएमबि बैंक : ४६ करोड ६७ लाख
-
हिमालयन बैंक : ४० करोड ८९ लाख
४० करोडभन्दा तल नाफा गर्ने बैंकहरू
-
सिद्धार्थ बैंक : ४० करोड १३ लाख
-
लक्ष्मी सनराइज बैंक : ३९ करोड ४४ लाख
-
सानिमा बैंक : ३९ करोड २ लाख
-
एनआइसी एशिया बैंक : ३१ करोड ९३ लाख
-
प्रभु बैंक : ३० करोड २३ लाख
-
सिटिजन्स बैंक : २७ करोड २४ लाख
-
स्ट्याण्डर्ड चार्टर्ड बैंक : २७ करोड १६ लाख
-
माछापुच्छ्रे बैंक : २६ करोड ५२ लाख
-
नेपाल एसबीआई बैंक : १५ करोड ८९ लाख
-
कृषि विकास बैंक : ३७ लाख ५० हजार
यसरी हेर्दा, केही बैंकहरूले ठूलो नाफा आर्जन गर्दा केही बैंकहरूको नाफा निकै न्यून भएको देखिन्छ। राष्ट्र बैंकको तथ्यांकअनुसार आगामी महिनाहरूमा बैंकिङ क्षेत्रको नाफा–हानि प्रवृत्तिले अझै ठूलो चासो पाउने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
