logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओको तलब भत्ता १ करोड बढी, सञ्चालकलाई भत्ता कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओको तलब भत्ता १ करोड बढी, सञ्चालकलाई भत्ता कति ?


  • आइतबार, पुष २१ २०८१
  • 819
    SHARES

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

    बैंकले सीईओ प्रकाश पौडेललाई तलब, भत्ता, दशैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले उपदान वापत ४ लाख भुक्तानी गरेको जनाएको छ । सीईओले पाएको तलब बापत राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।

    बैंकले गत आवमा सञ्चालक लगायतलाई विभिन्न भत्ता बापत २५ लाख ६२ हजार ४३० रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १० हजार र अन्य सदस्यलाई प्रति बैठक ९ हजार भुक्तानी दिएको जनाएको छ ।

    आव २०८०/०८१ मा सञ्चालक समिति बैठक भत्ता ११ लाख २५ हजार, लेखापरीक्षण समितिको बैठक भत्ता १ लाख १७ हजार, जोखिम व्यवस्थापन समितिको बैठक भत्ता १ लाख ८ हजार, कर्मचारी सेवा सुबिधा समितिको बैठक भत्ता २७ हजार र सम्पत्ती शुद्धीकरण निवारण समितिको बैठक भत्ता बापत ६३ हजार सहित १४ लाख ४० हजार रुपैयाँ भत्ता भुक्तानी गरेको छ ।

    यस्तै यातायात, सञ्चालक शिक्षा तथा अन्य खर्च (उप-समिति बैठक खर्च समेत) वापत ११ लाख २२ हजार ४३० रुपैयाँ रहेको छ ।

    प्रकाशित : आइतबार, २१ पुष २०८१ , ०५:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend